हिमाल दैनिक
नेपालमा कोरोनाको संख्या २५० नाघेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। संक्रमित हुने सर्लाहीका ४५ बर्षिय पुरुष,धनुषाका ४० बर्षिय पुरुष र २० बर्षिय महिला,महोत्तरी का १६ र ३५ बर्षिय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यस अघि मन्त्रालयले काठमाडौँ चन्द्रागिरीको ३२ बर्षिय पुरुष र कपिलबस्तुमा ६ बर्षिय बालिका देखिएको पनि पुष्टि गरेको थियो । बिहिबार बिहान मात्र ७ जना कोरोनाको संर्कमन देखिएको छ । यस संगै नेपालमा कोरोना संक्रमणको संख्या २५० पुगेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update