नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। बिहिबार बिहान स्वास्थ्य मन्त्रालयले अध्यावधिक विवरण गरे अनुसार काठमाडौँ र कपिलबस्तुमा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो।
संक्रमण हुने काठमाडौँ चन्द्रागिरीको ३२ बर्षिय पुरुष र कपिलबस्तुमा ६ बर्षिय बालिका रहेकी छिन्। अहिले उनिहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। बुधबार मात्र २६ जनामा कोरोनाको संक्रमण देखिएको थियो। यस संगै नेपालमा कोरोना संक्रमणको संख्या २ सय ४५ पुगेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय