क्वारेन्टाइनबाट भागे आठ भारतीय नागरिक
बर्दिया जिल्लाको गुलरिया नगरपालिका १० प्रयागपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका आठ भारतीय शौचालय जाने बहानामा आज बिहान भागेका छन् । वडाध्यक्ष वीरेन्द्र चौधरीका अनुसार उनीहरु बिहान करीब ३ बजे भागेर प्रहरीलाई छली भारत बहराइच जिल्लाको चित्तलहवा पुगेका छन् ।
उनीहरु भारतीय समकक्षी डिएमले अनुमति नदिँदा लामो समयदेखि नेपालको क्वारेन्टाइनमा बस्दै आएका थिए । सीमावर्ती क्षेत्रमा रहेको क्वारेन्टाइनबाट भारतको चित्तलहवा करीब डेढ किमी दूरीमा छ । उनीहरुलाई होम क्वारान्टिनमा बस्ने गरी भारतीय सुरक्षाकर्मी र चित्तलहवा गाउँका प्रधानलाई जिम्मा लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । बर्दियाका बिभिन्न क्वारेन्टाइनमा २३ भारतीय रहेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय