हिमाल दैनिक
आज थप २४ जनामा कोरोनाको देखिएको छ। बुधबार साँझ स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशाला र प्रादेशिक जान स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण गर्दा थप २४ जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरेको हो। संक्रमण हुने ९ जना रुपन्देहीमा, ८ जना कपिलबस्तुमा, दुईजना पर्सामा र एक जना नवलपरासी का रहेका छन्। उनि मध्य चार जना महिला छन् भने २० जना पुरुष रहेका छन्। हालसम्मको प्राप्त जानकारी अनुसार बुधवार नेपालमा २६ जनामा कोरोनाको संक्रमण देखियो। केहि दिन यता नेपालमा कोरोना संक्रमणको संख्यामा बृद्धि हुँदै आएको छ। सरकारले लकडाउनको घोषणा गर्नुअघि २ जनामा मात्र देखिएको कोरोनाको संक्रमण ५१ दिनसम्म आइपुग्दा २४३ जनामा देखिसकेको छ। आइतबार बाट सरकारले लकडाउन केहि खुकुलो गर्ने निर्णय गरेतापनि लगातार संक्रमण बढ्दै गएपछि आजबाट थप कडाई गरेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update