नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कपिलवस्तुका २२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । उहाले हालसम्म पिसिआर बिधिबाट २१ हजार ३४० र र्यापिड बिधिबाट ६० हजार ३१९ परिक्षण भएको बताए ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५७ पिसिआर जाँच भएको उनले जानकारी दिए । त्यस्तै मुलुकभर क्वारेन्टाइनमा १४, ३१३ जना रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।
प्रवक्ता देवकोटाले नेपालमा स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको भन्दै कोरोना जाँचका लागि स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्री पर्याप्त रहेको भन्दै सेवामा निरन्तर जुट्न पनि आग्रह गरे ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय