नेपालमा पछिल्लो समय कोरोना संक्रमणको संख्यामा क्रमश: बृद्धि हुँदै गएको छ। सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौँ स्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु र रुपन्देहीमा ६-६ र बर्दियामा एक जनामा कोरोनाको संक्रमण भएको पुष्टि गरेको छ।
संक्रमण हुनेमा कपिल्बस्ती येशोधरा गाउँ पालिका-८ र बुद्धिभुमि नगरपालिका-७ निवासी १९,२३,३०,३२ र ३८ बर्षिय पुरुष; रुपन्देही, समरीमाई गाउँपालिका-७ र लुम्बिनी संस्कृतिक गाउँ पालिका-६ निवासी २४,२६,२७,३०,३२ र ४० बर्षिय पुरुषहरु; बर्दिया, राजापुर-५ निवासी ११ महिला छन्।
सोमबारमात्र स्वास्थ्य मन्त्रालयले तीन पटकसम्म प्रेस बिज्ञप्ति जारी गर्यो। जसअनुसार आज दिनभर २४ जनामा कोरोनाको संक्रमण देखिएको छ। हालसम्म नेपालमा कोरोनाको संक्रमण १३४ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय