हिमाल दैनिक
नेपालमा आजै मात्र ११ जनामा कोरोनाको संक्रमण देखिएको छ। सोमबार दिउसो स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार सप्तरीमा एक जना पुरुषमा कोरोनाको संक्रमण देखिएको जनाएको छ। धारन स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरेको परिक्षणमा सप्तरी डाक्नेश्वोरी नगरपालिका वडा नं ३ का १८ बर्षिय पुरुषमा संक्रमण देखिएको हो। यस अघि बिहान मात्र मन्त्रालयले कपिलबस्तुमा १० जनामा कोरोना देखिएको बताएको थियो। नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १२१ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update