नेपालगंजमा थप ७ जनामा कोरोनाको संक्रमण देखिएको छ। मंगलबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार नेपालगंजको प्रयोगशाला भएको परिक्षणमा सात जनामा कोरोनाको संक्रमण देखिएको हो ।
आज संक्रमण भएका नेपालगंज-८ निवासी २२, ३०, ४० बर्ष पुरुष र ९, ३२, ३४, ५५ बर्षका महिला रहेको मन्त्रालयले बताएको छ।
यस संगै कोरोनाबाट संक्रमण हुनेको संख्या ८२ पुगेको छ । अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनिहरु स्वास्थ्यकर्मीको निगरानीमा छन्।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय