
थर्मल गन कालोबजारीले आरोपमा पक्राउ परेका शुलभ अग्रवाल धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् ।
उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अुनसन्धान गर्ने भएपछि प्रहरीले फेरि पक्राउ गरेको हो । अग्रवाललाई बिहीबार नै काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
https://www.facebook.com/himaldainik/videos/584846825766603/?t=3
अदालतको आदेश लगतै रिहा भएका उनलाई पुन पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले अग्रवालमाथि अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउको आदेश दिएकाले पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभागले अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने अनुसन्धान सुरु गर्ने बताइएको छ । चैत २५ गते अग्रवाललाई नक्सालबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनले ५ हजार पर्ने थर्मल गनलाई १५ हजारमा बेचेको पाइएको थियो । अग्रवालसँग प्रहरी आफैँ ग्राहक बनेर थर्मल गन किन्नका लागि गएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय