हिमाल दैनिक
प्रदेश न २ मा थप ३ जनामा कोरोनाको संक्रमित देखिएको छ। बुधबार बारामा २ जना र बिरगंजमा एक जनामा कोरोनाको संक्रमण देखिएको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार पीसीआर परीक्षणमा तीनै जनालाई भाइरस पोजेटिभ देखिएको हो। आज संक्रमित तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएका थिए। उनलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। यससंगै नेपालमा कोरोना संक्रमणको संख्या ५७ जना पुगेको छ। स्वास्थ्य मन्त्रालय अनुसार १६ जना स्वाथ्य लाभ गरि घर फर्की सकेका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update