उपत्यकामै लकडाउन उल्लंघन बढ्दै
काठमाडौंमा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ ।
सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् । सरकारले लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ, तर सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरुलाई कारबाही थालिएको छ ।
मंगलबार दिउँसोसम्म काठमाडौंका सडकमा चेकजाँचका क्रममा एक हजार बढि चार पांग्रे सवारी साधन कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । घरबाहिर निस्कने र सवारी साधन चलाउने कतिपय अत्यावश्यक सेवामा खटिएकाहरु भए पनि कतिपय भने घरमा बस्न दिक्क लागेर निस्केको पनि बताउने गरेका छन् । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि पछिल्लो समय बन्द गरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय