हिमाल दैनिक
झापामा एक जनामा कोरोनाको संक्रमण देखिएको छ। विराटनगर स्थित कोशी अस्पतालमा गरिएको परिक्षणमा झापा निवासी ५० बर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले उनि अहिले अस्पतालको सम्पर्कमा छन् र उनको अवस्था सामान्य रहेको छ। आज वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।नारायणी अस्पतालमा उपचाररत रौतहटका १९ वर्षीया पुरुष १४ औं दिन र ३ जना भारतीय नागरिक १५ औं दिनपछि कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले  जानकारी दिए। नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ५२ पुगेको छ भने निको हुनेको संख्या १६ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update