हिमाल दैनिक
बिरगंजमा थप दुईजना मा कोरोनाको संक्रमण देखिएको छ। आज टेकु स्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा थप दुई जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमण हुने दुवै पर्सा, बिरगंजका ५० बर्षिय पुरुष हुन्। दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। यससंगै कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ। बिभिन्न अस्पतालमा  उपचाररत संक्रमित मध्य १२ जना स्वास्थ्य लाभ लिई घर फर्किएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update