हिमाल दैनिक
नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। बिहिबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता बिकास देवकोटाले उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएका हुन्। बिहीबार २ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यस्तै उनले काठमाडौंको सनसीटिका दुई जना कोरोना संक्रमित पूर्णरुपमा स्वस्थ्य भएको र पाटन अस्पतालबाट डिष्चार्ज गरिएको बताए । उनका अनुसार अहिलेसम्म कुल ४३ हजार २७७ जनामा कोरोना परिक्षण गरिएको छ भने क्वारेन्टाइनमा १० हजार ५७३, आइशोलेशनमा ८६ जना रहेको प्रवक्ता देवकोटाले बताए । उनले अहिलेको अवस्थामा दिर्घरोगीहरुको उपचारमा पनि कमी नगर्न पनि आग्रह गरिएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update