हिमाल दैनिक
नेपालमा आज थप ३ जनामा कोरोना को संक्रमण देखिएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षण गरिएको नमुना मध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको हो । संक्रमित हुनेमा २४ बर्षिय पुरुष, ६० बर्षिय पुरुष र ५२ बर्षिय पुरुषमा कोरोनाको संक्रमित देखिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। तीन जनालाई अहिले इसोलेशनमा राखेको छ। उनिहरुलाई अस्पताल ल्याउने तयारी भएको देवकोटाले बताए। त्यस्तै हिजो कैलालीको सेती अस्पतालबाट २४ बर्षिय पुरुष २९ औ दिनपछि डिस्चार्ज गरिएको उनले बताए। आज दुईजनालाई डिस्चार्ज गरिएको छ । आज डिस्चार्ज हुने ४० बर्षिय पुरुष १९ दिन पछि सेती अस्पतालबाट डिस्चार्ज भएका थिए भने टेकु अस्पतालबाट ३२ बर्षिय पुरुष को पनि २० औ दिनमा डिस्चार्ज गरिदै छ । आज सम्म नेपालमा कोरोना बाट संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने ७ जनाको स्वास्थ्य अवस्था सामान्य भएर डिस्चार्ज भएका छन्। पाटन अस्पतालमा २ जना, बागलुगमा एक जना धनगढीमा दुइ जना, बिरगंजमा चार जना, भरतपुरमा दुइ जना र बिराटनगरमा २४ जनाको उपचार भईराखेको छ। बाकी तीन जनालाई पनि बिराटनगर स्थित कोशी अस्पतालमा लैजाने तयारी भईराखेको देवकोटाले बताए। अहिले सम्म सबै को स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update