हिमाल दैनिक
नवलपरासीको एक वृद्धमा आरडीटि परिक्षण गर्दा पोजेटिभ देखिएको छ । पश्चिम नवलपरासीको बर्दघाटका ७८ वर्षीय वृद्ध पुरुषमा प्रारम्भिक परिक्षण (आरडीटी) गर्दा पोजेटिभ देखिएको हो। दुई पटकसम्म परिक्षण गर्दा पोजेटिभ देखिएपछि कोरोनको संक्रमण भए नभएको एकिन गर्न उनको स्वाब संकलन गरेर परिक्षणका लागी भैरहवामा स्थापना गरेको ल्याबमा पठाइएको छ ।प्रारम्भिक परिक्षण पोजेटिभ देखिएकाहरुको पीसीआर प्रविधिबाट कोरोनाको संक्रमणको एकिन गरिने छ। उनको परिक्षण पोजेटिभ देखिएपछि उनको सबै परिवारको पनि आरडीटि परिक्षण गरिएको छ। उनिहरुको आरडीटि परिक्षण नेगेटिभ आएको पृथ्वी चन्द्र अस्पताल परासीका चिकित्सकले जानकारी दिए। उनका अनुसार पश्चिम नवलपरासीमा आरडीटि पोजेटिभ देखिएको यो पहिलो केस हो। पश्चिम नवलपरासीमा एक सय ३१ जनाको र्‍यापिड टेस्ट गर्दा उनको टेष्ट रिपोर्ट पोजेटिभ देखियो। अहिले उनलाई पृथ्वी चन्द्र अस्पताल परासीमा चिकित्सकको निगरानीमा रखिएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update