हिमाल दैनिक
प्रदेश नं १ को उदयपुरमा आज दिनभरमा १२ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौँ टेकु स्थित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तीन जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानेको छ । यसअघि टेकुमा गरिएको परिक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। मन्त्रालयका अनुसार २० जनाको हाल टेकुमा परिक्षण गरिदै छ। अन्य ६९ जनाको परिक्षणका लागि बिराटनगर स्थित कोशी अस्पतालमा हिजै नमुना पठाईएकोमा ८ जनाको नतिजा पोजेटिभ आएको थियो।
नेपालको पछिल्लो तथ्यांक: [table id=4 /]
त्यस्तै धरान स्थित धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उदयपुरका ८ जनामा संक्रमण देखिएको थियो। पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परिक्षणका लागि नमुना धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको थियो । पुर्न: परिक्षणमा पनि पोजेटिभ देखिएपछि उनिहरुलाई उदयपुर पट बिराटनगरको अस्पतालमा लगिएको थियो। सक्रमण हुनेमा १८,१८,२०,३३,४०,४१,४१,५२ र ५८ बर्षिय पुरुष , ३६ बर्षिय महिला र १ जना को उमेर नखुलेको महिला गरि ११ जनाको नतिजा पोजेटिभ रहेको मन्त्रालयले जनाएको छ। यस संगै नेपालमा कोरोनाबाट संक्रमित हुने ४२ पुगेको छ भने ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर घर फर्की सकेका छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update