लकडाउन अवधि लम्बिएपछि काठमाडौं उपत्यकामा विचल्लीमा परेका सर्वसाधारणलाई रोक्न नसकेपछि गृह मन्त्रालयले अघोषित रुपमा गाडी जान दिन थालेको छ ।
गाडी बन्द गर्दा पनि सर्वसाधारण हिँडेर घर फर्किने क्रम नरोकिएपछि गृहले त्यस्ता गाडीलाई पासबिनै राति चल्न दिन थालेको हो । पछिल्ला केही दिनमा हजारौ सर्वसाधारण बस चढेर घर फर्किएका छन् । केन्द्रीय सरकारले आधिकारीक रुपमा निर्णय नगरेपछि स्थानीय तह तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रका नागरिक फर्काउन समन्वय गर्न थालेका छन् ।
त्यसरी स्थानीय तह र जनप्रतिनिधिले घर फर्किएपछि क्वारेन्टिनमा राख्ने गरी लैजाने सर्वसाधारणलाई नरोक्न भनिएको बुझिएको छ । रातको समयमा राजधानीका प्रमुख नाकामा भीड लागेको छ । केही दिन सरकारले नाकामा बाक्लो रुपमा प्रहरी परिचालन गरेर रोक्न खोजेपनि अन्य बाटोको प्रयोग गरेर प्रहरी छल्दै जान थालेपछि सरकारको चर्को आलोचना भएको थियो ।
https://www.facebook.com/himaldainik/videos/538294897047766/?t=1
आलोचनाबीच उच्चस्तरीय समितिले घर फर्किन दिने निर्णय गरेपनि घर जानेको संख्या धेरै हुने थाहा पाएपछि केही घण्टामै निर्णयबाट पछि हटेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन कडाइका साथ लागु गर्ने र त्यसमा कुनै लचकता नअपनाइने बताउँदै आएका छन् । यस्तै जिल्लाका स्थानीय तह तथा सांसदहरुले पनि आफ्नो क्षेत्रका नागरिक राजधानीबाट फर्काउन थालेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय