हिमाल दैनिक
प्रदेश न १ मा थप ८ जनामा कोरोनाबाट संक्रमण देखिएको पुष्टि भएको छ । शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा १३ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका ६९ जनाको पिसिआर परीक्षण गरिएको थियो। परिक्षणमा ६९ मध्य ८ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि दिउसो क्रस चेक गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको थियो । त्यहाँ उनिहरुको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि उनिहरुमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ। यी आठ जना मस्जिदको आसपासमा बस्ने बासिन्दा हुन्। उनिहरुलाई दिउसै उदयपुरबाट दुइटा एम्बुलेन्समा धरान बिपी स्वास्थ्य प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो । आजै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोनाको लक्षण देखिएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए। संक्रमण देखिएका ३३ बर्षका पुरुष व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् । उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको देवकोटाले जानकारी दिए । संक्रमित व्यक्तिको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो । उदयपुरमा हालसम्म २३ जना संक्रमित देखिएको छ। यससंगै आज थप ९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने नेपालमा संक्रमितको संख्या ४० पुगेको छ ।
नेपालको पछिल्लो तथ्यांक [table id=4 /]
संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीर र आरडीटीबाट ३४ हजार ७१९ जनाको परीक्षण गरिएको छ। २७ हजार ९५६ को आरडिटीबाट परिक्षण गरिएको छ । बाँकीको पीसीआर प्रणालीबाट परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार १०७ जना अहिले आइसोलेसनमा छन् भने २६७ जना रेड जोनमा परेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update