हिमाल दैनिक
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा थप एक जना संक्रमित भएका छन्। मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार, हालै उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १२ भारतीय र एक नेपाली नागरिकका अतिरिक्त आज थप एक जनामा कोरोना भाइरसको पोजेटिभ रिजल्ट देखिएको छ। कोशी अञ्चल अस्पतालमा भएको परिक्षणमा कोरोना पोजेटिभको पुष्टि भएपछि ३३ वर्षीय संक्रमित व्यक्तिलाई हाल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ। आज थपिएको संख्यासँगै नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ३२ पुगेको छ। जसमा अहिलेसम्म चार जना संक्रमितहरुको उपचार पश्चात स्वास्थ्यलाभ गरी घर फकिइसकेका छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update