हिमाल दैनिक
उदयपुरमा थप ८ जनामा कोरोनाको संक्रमण देखिएको छ। उदयपुरको भुल्केस्थित एक मस्जिदमा १३ जनामा देखिएको कोरोना संक्रमितहरु सम्पर्कमा आएका मध्य ८ जनाको पिसिआर परीक्षणमा कोरोनाको संक्रमण देखिएको हो। बिराटनगर कोसी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परिक्षणका लागि नमुना धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ। उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा गत शुक्रबार १३ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गरिएको थियो। कोसी अस्पताल विराटनगरमा परिक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएपछि उनिहरुको नमुना अहिले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको हो।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update