
गुल्मीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो । एक्कासी आगलागी सुरु भएपछि बाहिर निस्कन नभ्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अरु तीन सदस्य र बाहिरका दुई जना गरी पाँच जना घाइते भएका छन् । आगलागीबाट पसल सञ्चालक खनाल, उनकी श्रीमती रुपा, छोरा सञ्जय घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय