
भक्तपुर नगरपालिकाले कक्षा १० का एसइईका विद्यार्थी लक्षित गरेर भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले कोरोना सङ्क्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न एसइई लक्षित भर्चुअल कक्षा भादगाउँ टिभीमार्फत प्रसारण गर्ने जानकारी दिए । नगरपालिकालले एसइई परीक्षाका लागि अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकलगायत अनिवार्य विषयको कक्षा सञ्चालन गर्ने भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय