हिमाल दैनिक
विगत ७२ घण्टा यताको समयमा नेपालमा कोरोना भाइरसको संक्रमित विरामी नभेटिएको समाचारलाई तोड्दै शुक्रबार साँझ एकाएक १४ जना नयाँ संक्रमित थपिएका छन्। उदयपुरको भुल्केस्थित एक मस्जिदमा भारतबाट आएर बसिरहेका भारतीय नागरिकहरुमध्ये १२ जना मुस्लिम नागरिकमा कोरोना संक्रमणको स्वाव परिक्षणमा पोजेटिभ रिपोर्ट आएको तथा चितवनमा विदेशबाट फर्किएका दुई जनामा पनि संक्रमणको लक्षण भेटिएको समाचार प्राप्त भएको छ। यसअघि विभिन्न मुलुकबाट स्वदेश फर्किएका १५ जना र एक स्थानीय महिलासहित १६ जनामा संक्रमणको पुष्टि भए पनि दुई जना भने उपचारपछि घर फर्किएका थिए। तर, शुक्रबार उदयपुर र चितवनमा १४ जना संक्रमित भेटिएको समाचार सार्वजनिक भएपछि नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। नयाँ संक्रमित विरामीहरुको विषयमा स्वास्थ्य मन्त्रालयले आधिकारिक जानकारी दिन बाँकी नै छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update