हिमाल दैनिक
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचररत कोरोना सङ्क्रमित पाँच जनाको अवस्था समान्य रहेको छ । सङ्क्रमितलाई दैनिक खाजा, फलफूल खानाको व्यवस्था गरिएको र स्वास्थ्य अवस्था समान्य रहेको सङ्क्रमित बिरामीको उपचारमा संलग्न फिजिसिएन डा शेरबहादुर कमरले जानकारी दिए । धनगढीमा सञ्चालनमा ल्याइएको आरटी पिसीआर मेसिनमा गरिएको परीक्षणले दुई जनाको स्वाबको नमूना पोजेटिभ आएको शङ्कामा थप परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ । उक्त प्रयोगशालामा हालै भारतबाट आएका रुकुमपश्चिमका व्यक्तिको सङ्कलित स्वाब सुर्खेतबाट पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update