दुई दिनयता कुनै संक्रमित विरामी भेटिएको छैनः स्वास्थ्य मन्त्रालय
कोरोना भाइरसको संक्रमणबारे वीरजंगको छपकैयामा चार सय जनाको र्यापीड टेष्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।
स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार स्म्मेलनमा मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले विगत २४ घण्टामा पीसिआर विधिबाट ३६९ जनाको परिक्षण गर्दा कसैको पनि पोजेटिभ रिजल्ट नआएको बताउँदै लगातार दुई दिनसम्म कुनै पनि संक्रमित नभेटिएको बताए।
यसअघि कोरोना संक्रमित भेटिएको वीरगञ्जमा संभावित कोरोना संक्रमितको र्यापीड टेष्ट गरिएको जानकारी देवकोटाले दिए।
विगत ४८ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार मात्र २ जनामा कोरोना भाइरस पोजेटिभ देखिए पनि बुधबार र बिहीबार कोरोना संक्रमित बिरामी नभेटिएका हुन्। यसका साथै नेपालमा थप ६९ जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट सुरु भए पनि बाँकी ८ जिल्लामा अझै पनि परिक्षणको प्रक्रिया सुरु हुन सकेको छैन।
हालसम्म १९,४३२ जनामा कोरोना परिक्षण गरिएको मनत्रालयले जनाएको छ भने क्वारेन्टाइनमा ४,९०१ जना, आइशोलेसनमा १०३ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। हालसम्म कुल रेड जोनमा २४७ जना रहेको पनि उनले बताए।
पत्रकार सम्मेलनमा औषधी अभाव हुन नदिन नीजि क्षेत्रसंगको समन्वयमा औषधीको ढुवानीलाइ सूचारु गर्ने काम भइरहेको जनाइएको छ।
सन २०१९ को अन्तिम महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका अधिकांश मुलुकहरु प्रभावित हुँदा १ लाख ३५ हजार सात सयभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्् भने यस महामारीबाट करिब २१ लाखको हाराहारीमा संक्रमित भएका छन्। जसमध्ये अहिलेसम्म ५ लाख २३ हजार भन्दा बढी संक्रमित उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्।
यसरी सबैभन्दा कोरोनाको असर महाशक्ति राष्ट्र अमेरिकामा परेको छ। जहाँ अहिलेसम्म ६ लाख ४४ हजार संक्रमित हुँदा २८ हजार ५ सय ५४ जनाले ज्यान गुमाइसकेका छन्।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय