
काठमाडौंको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीनजनामध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा तीन जनामा पोजेटिभ पाइएको थियो । त्यसपछि पुनः टेकुमा परीक्षण गर्दा दुई जनामा मात्रै कोरोना पुष्टि भएको छ । यस्तै बेलायतबाट आएका ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए ।
https://www.facebook.com/himaldainik/videos/1555568091285401/?t=2
हालसम्म नेपालमा १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको डा देवकोटाको भनाइ छ ।
उनका अनुसार हालसम्म १५ हजार ८ सय कोरोनापरिक्षण सम्पन्न भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय