नेपालमा कोरोना भाइरसबाट थप ३ जना संक्रमिण भएको आशंका गरिएको छ। काभ्रेको बेथानचोक र मण्डनदेउपुरका एक एक जनाको आरडिटि टेष्ट गर्दा पोजिटिभ देखिएको हो।
काभ्रे बेथानचोक बस्ने २८ वर्षीय युवक गत चैत ८ गते भारतबाट आएका थिए भने मण्डनदेउपुरका बस्ने २१ वर्षीय युवकमा गत चैत ७ गते दुबईबाट आएको स्रोतले बताएको छ। अहिले उनीहरुको स्याब संकलन गरेर धुलिखेल अस्पतालमा पठाईएको छ। उनीहरुका परिवारलाई पनि क्वारिनटिनमा रखिएको छ।
त्यस्तै धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मा गरिएको र्यापिड टेष्टमा एकजनामा पोजिटिभ देखिएको छ। उनी फागुन २० गते दक्षिण कोरियाबाट फर्किएका थिए। घर फर्किएपछि उनलाई होम क्वारेन्टिनमा रखिएको थियो। थप परिक्षणका लागि उनको थ्रोट स्याबलाई टेकु अस्पताल पठाउने तयारी भइराखेको छ।
आजै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामध्ये दुई जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म नेपालमा १६ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यस्तै राष्ट्रिय जस्वास्थ्य प्रयोगशालमा ४ हजार ८ सय १८ र उपत्यका बाहिर १ हजार ४ सय ८० जनामा कोरोना परिक्षण गरिएको छ। १६ जनालाई आइसोलेसनमा राखी निगरानी गरि राखेको छ भने एक जना निको भएर घर फर्कीसकेका छन्।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय