हिमाल दैनिक
कोरोनाको संक्रमण देखेपछि सनसिटी अपार्टमेन्ट सिल
suncity-appartment
राजधानीको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएपछि सुरक्षा व्यवसथा कडा पारिएको छ । २८ दिनअघि बेलायतबाट फर्किएका उनीहरुमा ¥यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिको थियो । सनसिटीमा रहेका पाँचवटा विल्डिङ मध्य कोरोना संक्रमण देखिएको परिवार ‘ए’ बिल्डिङमा बस्दै आएका थिए । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६,७ र ८ मा विदेशबाट आएका व्यक्तिहरुको सोेमबार ¥यापिड टेस्ट गराएका ३६ जना मध्य अपाटमेन्टमा बस्ने तीन जनामा कोरोना संक्रमण देखिएको कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का वडा अध्यक्ष कुन्दन खड्का जानकारी दिए । उहाले अस्पताल पठाएको तीन जना मध्य दुई जनामा कोरोना संक्रमण पुष्टि भएको र अर्को एक जनामा भने पुष्टि नभएको बताए । सरकारले उक्त सनसिटी अपाटमेन्ट सिल गरिसेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update