हिमाल दैनिक
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आएर बसोबास गर्ने एकै परीवारका ३ जनामध्ये दुई जनामा कोरोना भाइरस कोभिड(१९ को पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।  टेकुस्थित स्वास्थय परिक्षण केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार, सोमबार र्यापिड टेष्टमा संक्रमणको आशंका लागेपछि पाटन अस्पताल भर्ना गरिएका आमा, छोरा र बुहारीमध्ये थप परिक्षणमा ८१ वर्षीय आमा र ५८ बर्षिय छोरामा कोरोना भाइरसको पोजेटिभ भएको आएको थियो उनीहरुको रिपोर्ट अनुसार पोजेटिभ पुष्टि पछि नेपालमा संक्रमितको संख्या १६ पुगेको छ। पीसीआरबाट थप परिक्षण गर्दा दुई जनामा पोजेटिभ रिपोर्ट देखिएको पनि बुहारीको पहिलो परिक्षणमा पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। पाँच वटा भवनमा करिब ५ सय १० अपार्टमेन्टमा करिब १५ सयभन्दा बढी मानिसहरु बस्दै आएको उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने संक्रमणको लक्षण देखिएका व्यक्तिहरुको सामिप्यतामा रहेका व्यक्तिहरुको पहिचान गर्ने कार्य सुरु भइरहेको छ। अहिले उक्त अपार्टमेन्टमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कसैलाई पनि आफ्नो फ्ल्याटबाट अरुकोमा जान दिइएको छैन। गत चैत ५ गते बेलायतबाट आएका तीन जना आमा, छोरा र बुहारीले गत एक महिनाको अवधिमा विभिन्न ठाउँमा घुमेको जानकारी आएपछि उनीहरुका आफन्तजन पनि सशंकित भएका छन्। उनीहरुको विषयमा समाचार प्रकाशित भएलगत्तै अपार्टमेन्ट बाहिर पेप्सीकोला क्षेत्रका बासिन्दा समेत आतंकित बन्दै विगतमा एकाध घर र मानिसहरु बाहिर निस्कने गरेपनि आजदेखि सबै घरमा ढोका लगाएर भित्रै बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालको पछिल्लो तथ्यांक:

[table id=4 /]
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update