हिमाल दैनिक
शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार अग्रवाललाई महानरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा नक्सालबाट पक्राउ गरेको हो। उनले ज्वरो नाप्ने थर्मल गन महँगोमा बेचेको आरोप छ। कोरोनाको परिक्षणका लागि बजारमा ५ हजारमा पाइने उपकरण इन्फ्रारेड थर्मल गन अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गरेको प्रहरीले जनाएको छ। प्रहरीले अग्रवालबाट ६७ थान थर्मल गन बरामद गरेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update