हिमाल दैनिक
नेपालमा आज मात्र १६ संक्रमित
army-corona
नेपालगंजमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्र नेपालगञ्जमा १५ जनामा कोरोनाको संक्रमण देखिएको हो। संक्रमित हुने नेपालगंज-०८ निवासी १६, २१, ३४ बर्षका पुरष छन् भने ४०, ५५, ६० बर्षिय महिला रहेका छन्। यसअघि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रबक्ता विकास देवकोटाले नेपालगञ्जमा नौ र वीरगञ्जमा एक जनामा संक्रमण देखिएको पुष्टि गरेका थिए ।नेपालमा आज मात्र १६ जनामा कोरोनाको संक्रमण देखिएको छ। हालसम्म नेपालमा कुल ७५ जना कोरोनाको संक्रमण देखिएको छ । प्रबक्ता देवकोटा अनुसार नेपालगन्जमा ५ जना पुरूष र ४ जना महिलामा र पर्साको छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ। १६ जना स्वास्थ्य लाभ गरि घर फर्किसकेका छन्। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । १३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ४ र बाहिर ७३ गरी कुल ७७ जना अस्पतालको आइसोलेसनमा छन् । २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update