हिमाल दैनिक
नेपालमा एकै दिनमा १० जनामा कोरोनाको संक्रमण देखिएको छ । आइतबार स्वास्थ्य मन्त्रालय्को नियमित पत्रकार सम्मेलनमा प्रबक्ता विकास देवकोटाले नेपालगञ्जमा नौ र वीरगञ्जमा एक जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन्। प्रबक्ता देवकोटा अनुसार नेपालगन्जमा ५ जना पुरूष र ४ जना महिलामा र पर्साको छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ। यस नेपालमा कोरोनाको संक्रमण ६९ पुगेको छ। १६ जना स्वास्थ्य लाभ गरि घर फर्किसकेका छन्। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । १३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ४ र बाहिर ७३ गरी कुल ७७ जना अस्पतालको आइसोलेसनमा छन् । २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update