काठमाडौमा २ जना नर्समा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा दुई पटक गरिएको आरडीटि परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।
उनीहरुको दुई पटक आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।
उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै थाहा हुनेछ ।हाल नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ ।
हिजो मात्रै उदयपुरबाट ११ जनामा संक्रमणको पुष्टि भएको थियो । नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ जसमा ५ जनाको स्वास्थ्य अवस्था सामान्य भएपछि उनिहरुलाई डिस्चार्ज गरिकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ जसमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय