हिमाल दैनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २७ हजार बढीको कोभिड १९ परीक्षण भएको जनाएको छ । शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४५४ नमूनाको परीक्षण गरिएको जानकारी दिएका हुन् । उनले देशका ७७ वटै जिल्लामा ‍रयापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू भएको जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चारहजार ५३६ व्यक्ति छन् भने आइसोलेसनमा ११७ जना छन् । मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २० हजार १३० जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ। https://www.facebook.com/himaldainik/videos/842740336211036/?t=3 मन्त्रालयले हिजो, ५ वैशाख उदयपुरमा भेटिएका १२, चितवनमा भेटिएका दुईजनासमेत गरेर कोभिड १९ संक्रमितको संख्या ३० पुगेको जनाएको छ । तीमध्ये पहिलो संक्रमित यसअघि नै निको भएर घर फर्किसकेका छन् भने दोस्रो संक्रमित शनिबार निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यस्तै कोरोनाभाइरस संक्रमण देखिएपछि २७ दिन टेकु अस्पतालमा विताएर डिस्चार्ज हुनुभएकी काठमाडौंकी १९ वर्षीय प्रसिद्धि श्रेष्ठले अस्पतालमा उपचारमा रहँदा स्वास्थ्यकर्मी, डाक्टर, नर्स र कर्मचारीबाट आफूलाई धेरै सहयोग मिलेको बताए । उनि गत चैत ४ गते फ्रान्सबाट कोरिया हुँदै नेपाल आएका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update