हिमाल दैनिक
सरकारले लक डाउनको समय थप १२ दिन थप्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रि परिषदको बैठकले लक डाउनको अवधि बैशाख १५ सम्म थप्ने निर्णय गरेको हो। यस अघि सरकारले चैत्र ११ गते एक हप्ताका लागि थपेको थियो। लक डाउन को अवधि भोलि सकिन लाग्दा सरकार ले आज फेरी समय थपेको छ। नेपालमा अहिले सम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ। थप निर्णयहरु केहि बेरमा सरकार प्रवक्ता तथा अर्थमन्त्री युबराज खतिवडाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update