कोरोना भाइरसका संक्रमण भएको आशंकामा एकै परिवारका तीन जनालाई अस्पताल भर्ना गरिपएपछि पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका अर्थमन्त्री युवराज खतिवडाका छोरासहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरु लगायत अपार्टमेन्टका सयौँ बासिन्दा सशंकित भएका छन्।
राजधानीको पेप्सीकोलास्ति सनसिटी अपार्टमेन्टमा गत चैत ८ गते भएको आन्तरिक चुनावमा सचिव पदमा निर्वाचित अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा निर्वाचित भएपछि उनलाई बधाई दिन पुगेका अर्थमन्त्री खतिवडाको पनि त्यहि भीडमा मुछिन पुगेका छन्।
सरकारले चैत ५ गतेदेखि देशभर कुनै सार्वजनिक कार्यक्रम तथा भेला नगर्न आदेश जारी गरेको भएपनि अपार्टमेन्टको आन्तरिक वेलफेर सोसाइटीको चुनाव ८ गते गरिएको थियो। सरकारको आदेशपछि पनि अपार्टमेन्टका बासिन्दाहरुले प्रमुख जिल्ला अधिकारीको अनुमित लिएर सम्पन्न गरेको चुनावमा अध्यक्षमा तिलक बस्नेत र सचिव तिलक खतिवडा निर्वाचित भएका थिए।
करिब ५ सय १० वटा बेग्लाबेग्लै अपार्टमेन्ट भएको सनसिटीमा नेपाली कांग्रेसका नेता रमेश रिजाल पनि बस्दै आएका छन्।
करिब एक महिना अधि बेलायतबाट फर्किएका आमा, छोरा र बुहारीको स्वास्थ्य अवस्थामा देखिएको लक्षण र प्रारम्भिक परिक्षणमा कोरोना भाइरसको आशंका देखिएपछि आफूहरु पनि सशंकित भएको बताउँदै नेता रिजालले अहिले भित्रका कसैलाई पनि बाहिर निस्कन नदिइएको जानकारी दिए।
उक्त अपार्टमेन्टमा प्रति फ्ल्याट कम्तिमा ३ देखि ४ जनाको दरले बस्ने अवस्थामा पनि उक्त अपार्टमेन्टमा करिब १५ सयदेखि दुई हजारको हाराहारीमा मानिसहरु बस्ने अनुमान गरिएको छ।
उक्त अपार्टमेन्टभित्र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका पूर्व सांसद कृष्णप्रसाद सापकोटा, भीम न्यौपाने तथा कांग्रेस नेता महेश आचार्य, राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीको पनि अपार्टमेन्ट रहेको छ। उनीहरुमध्ये कतिपयले आफ्नो अपार्टमेन्ट भाडामा लगाएका छन्।
बलायतबाट चैत ५ गते फर्किएका एकै परिवारका तीन जना (आमा, छोरा र बुहारी)लाई कोरोना भाइरसको संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना गरिएपछि उक्त अपार्टमेन्टमा बस्दै आएका उपभोक्ताहरुले साँझ भेला भइ आफूहरु सबैको स्वाव परिक्षण गर्न माग गरिरहेका छन्।
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय