हिमाल दैनिक
सनसिटी अपार्टमेन्ट, पेप्सीकोलाका उपभोक्ताहरुले विगत एक महिनाको अवधिमा अपार्टमेन्टभित्र भएको गतिविधिहरुलाई ध्यान दिँदै त्यहाँ बस्दै आएका सबै नागरिकको पीसिआर परिक्षण तथा आइसोलेशनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बलायतबाट चैत ५ गते फर्किएका एकै परिवारका तीन जना (आमा, छोरा र बुहारी)लाई कोरोना भाइरसको संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना गरिएपछि उक्त अपार्टमेन्टमा बस्दै आएका उपभोक्ताहरुले सरकारी आदेश विपरित अपार्टमेन्टभित्र भएका गतिविधिहरु बाहिर ल्याउनुका साथै घुमाउरो पाराले दोषीमाथि कारबाहीको माग समेत गरेका छन्। सोमबार साँझ अपार्टमेन्टका उपभोक्ताहरुले सरकारले चैत ५ गतेदेखि देशभरी नै कुनै सार्वजनिक भेला, कार्यक्रम नगर्न जारी गरेको आदेश विपरित चैत ८ गते अपार्टमेन्टमा आन्तरिक चुनाव भएको बताउँदै उक्त अपार्टमेन्टभित्र सरकारी आदेश विपरित गतिविधि भएको तथ्य बाहिर ल्याएका हुन्। उक्त चुनावी प्रक्रियामा संक्रमणको आशंका गरिएका तीन जनाले पनि सक्रिय सहभागिता जनाएको भन्दै उक्त अपार्टमेन्टको चुनावी पं्रक्रियामा सहभागी २८५ जनासँगै चुनाव आयोजक समितिका सदस्यहरुको सेल्फ आइसोलेशनमा राखी स्वाव परिषणको माग गरेका छन्। २८५ चुनाबमा भाग लिएपनि अपार्टमेन्ट बस्ने उनिहरुभन्दा त्यहाँ बढी संख्या रहेको त्यही बस्ने एक बासिन्दाले बताए।
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update