हिमाल दैनिक
नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या बढेको छ। पर्साको छपकैया स्थित मस्जिदमा बसेका ३ जना भारतीय नागरिकमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले अपडेट गरेको सूचनाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनःपरीक्षण गरिएकामा तीन जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषलाई कोभिड–१९ को शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरुसमेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटाँैडाको ल्याबमा परीक्षण गरिएको थियो । उक्त परीक्षणमा २१ जनामध्ये शङ्कास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनःएकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । कोभिड–१९ सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्र्याक ट्र्यासिङ’ भइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ । यस संगै नेपालमा कोरोना संक्रमणको संख्या १२ पुगेको छ। यसअघि काठमाडौँ, बाग्लुङ, कैलाली र कञ्चनपुरमा गरि ९ जनामा संक्रमण देखिएको थियो जसमध्ये एक जना निको भई घर फर्किसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update