हिमाल दैनिक
भारत थप दुई हप्ता लकडाउन बढाउने तरखरमा, ४ राज्यमा अप्रिल ३० सम्म लकडाउन
narendra modi
भारतमा लकडाउनको समय अवधि बढ्ने भएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड-१९)को संक्रमण पछिल्लो समय भारतमा संख्या बढेपछि सरकारले थप १५ दिन बढाउने निर्णय गर्ने भारतीय संचार मध्यमले जनाएको छ। केन्द्र सरकारले अहिलेसम्म यसको बिषयमा भने अधिकारिक निर्णय भने गरेको छैन। यद्दपी ४ राज्यमा भने मुख्यमन्त्रीहरुले लक डाउनको अवधि बढाएको घोषणा गरिसकेको छ । महाराष्ट्र, पंजाब, ओडिशा, बंगाल राज्यका मुख्यमन्त्रीहरुले शनिबारबाट थप २ हप्ताका लागि थप्ने निर्णय गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबै राज्यका मुख्यमन्त्रीहरुसंग भर्चुअल बैठक बसेका थिए। करिब चार घण्टा चलेको बैठकमा सबै मुख्यमन्त्रीहरु र प्रधानमन्त्री मोदीबीच लक डाउनको अवधि बढाउने कुरामा सहमत भएको बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय संचार मध्यमलाई बताएकी छिन्। उनले भनेकी छिन्,"प्रधानमन्त्रीले अहिलेको अवस्थामा ३० अप्रिलसम्म लकडाउन बढाउने बिषयमा चर्चा भयो। यसमा हामी सबैको सहमत छ।" बैठकपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवलले ट्वीटरमा प्रधानमन्त्रीको लकडाउन बढाउने फैसला सहि रहेको बताएका छन् । चार राज्यमा लकडाउन गरेपनि अन्य राज्यहरु केन्द्रिय सरकारको निर्णयको पर्खाइमा रहेका छन्। संचार मध्यमका अनुसार प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गरेर लकडाउन बढेको घोषणा गर्ने बताइएको छ। प्रधानमन्त्री मोदीले मार्च १९ मा देशवासीको नाममा सम्बोधन गरेर मार्च २२ बाट जनता कर्फ्यु लगाउने घोषणा गर्दै भारतमा पहिलो पटक लकडाउन गरेका थिए । दोश्रो पटक मोदीले मार्च २४ गते फेरी सम्बोधन गर्दै लकडाउन थप अप्रिल १४ सम्म बढाउने निर्णय गरेको थियो। भारतमा अहिलेसम्म  ७ हजार ९ सय ९७ जनामा कोरोनाको संक्रमण देखिएको छ भने कुल २४९ जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमण महाराष्ट्रमा बढी देखिएको छ। गएको २४ घन्टायता १ हजार ३५ जना नयाँ संक्रमित थपिएको छ भने ४० जनाको ज्यान गएको छ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update