
प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसंग भिडियो कन्फरेन्स (भर्चुअल) बैठक सुरु भएको छ।
सिंहदरबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओली र मुख्यमन्त्रीहरु बीच सममियिक समसामयिक विषयमा छलफल भईराखेको प्रधानमन्त्री प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
आजको भर्चुअल बैठकमा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रदेश सरकार र संघीय सरकारको रणनीतिबारे छलफल हुने बताइएको छ। त्यस्तै मुख्यमन्त्रीहरुले प्रदेश स्तरबाट कोरोनाको संक्रमण रोक गरेको रणनीति र प्रदेशको स्थिथिबारे ब्रिफिंग गर्ने बताइएको छ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय