स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।
धनगढी ५ मा स्थानीय संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका १९८ जनाको नमुना संकलन गरेर ल्याइएकोमा ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको बताए । मन्त्रालयका अनुसार द्रुत गतिमा परीक्षण गर्नका लागि अहिले हरेक प्रदेशलाई ५ हजारको दरले कीट उपलब्ध गराइएको छ ।
उपत्यका सहित १० स्थानमा कोभिड–१९ को परीक्षण भइरहेको छ । प्रवक्ता डा. देवकोटाले हालसम्म २८९५ जनाको नमूना परीक्षण भएको जसमा उपत्यकामा २३८२ जना र बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको जानकारी दिए ।
त्यस्तै कूल १८० जनालाई रेड जोनमा राखेर उनीहरुको स्वास्थ्य स्थितिमा निगरानीमा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय