नेपालमा हालसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ भने पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म काठमाडौं उपत्याकाभित्र १९६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो । उपत्यका र उपत्यकाबाहिर गरी जम्मा २ हजार ३ सय ६६ जनाको परीक्षणमा नयाँ संक्रमित नदेखिएको डा देवकोटाले बताए । उनले नमुना परीक्षणको कामलाई विस्तार गरीएको बताए ।
नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये १ जना निको भइसकेका छन् । अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।
https://www.facebook.com/himaldainik/videos/1181315515539203/?t=5
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय