सरकारले लकडाउनको समय थप गरेपछि मजदुरी गरेर जीवन चलाउनेहरुलाई रोल्पा नगरपालिकाले राहत वितरण सुरु गरेको छ ।
नगरपालिकाकाले १० वटै वडामा करिब ३ सयबढि अति विपन्नहरुलाई प्रतिव्यक्ति ३ किलो चामल, १ किलो नुन, आधा लिटर तेल र १ किलो दाल वितरण गरेको हो । नगरपालिकाले १ सय क्वीन्टल चामल, ५ क्वीन्टल दाल, ५ क्वीन्टल नुन र ५ सय लिटर तेल खरिद गरी सबै वडाबाट वितरण सुरु गरेको नगर प्रमुख पूर्ण केसीले बताए। राहत पाउनेहरुमा नगरबासी मात्र नभई अन्य स्थानीय तह तथा जिल्लाबाट सदरमुकाम लिबाङमा बजदुरी गर्न आएकाहरुलाई पनि राहत वितरण गरिएको रोल्पा नगरपालिका ४ नम्बर वडाध्यक्ष नवराज आचार्यले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय