हिमाल दैनिक
अन्तराष्ट्रिय उडान थप १५ दिन स्थगित
corona-uchastariye-meeting
सरकारले अन्तराष्ट्रिय उडान र अवतरण थप १५ दिन स्थगित गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अप्रिल ३० तारिकसम्म अन्तराष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक उडानका बारेमा भने छलफल जारी नै रहेको बताए । अन्य देशमा कोरोनाको संक्रमण कायमै रहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै उडान थप बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । उनले मेडिकल सामानहरु नेपाल सरकारले बिशेष परिस्थीतमा अपनाउने बिधीका आधारमा खरिद गर्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक सामानको पहिचान गरि नेपाली सेनामार्फत जि टु जी मार्फत खरिद गर्ने निर्णय भएबमोजिम काम अघि बढिरहेको बताए । उनले बढि प्रभावित भएका स्थानमा र्यापिड टेष्ट सुरु भइसकेको जानकारी दिनुभयो । बैठकले लकडाउनका अवधिमा एक लाख १४ हजार तीन सय १६ बिपन्न परिवारलाई राहत बितरण भएको र ३०५ सय ६ जना क्वारेन्टाईमा रहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update