हिमाल दैनिक
नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज थप तीन जनामा कोरोनाको संक्रमण देखिएको बताएको छ।संक्रमण हुने कैलाली र कंचनपुरबाट रहेका छन्। संक्रमण हुनेमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेका छन्। कैलालीमा संक्रमित भएकी महिला धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी आफन्त रहेको पुष्टि गरेको छ। उनि नेपाल भित्रैबाट संक्रमित हुने पहिलो केस हो। यससंगै नेपालमा अहिलेसम्म नौ जना पुगेको छ।

शुक्रबार गण्डकी प्रदेश सरकारले पोखरामा गरिएको परिक्षणमा पनि संक्रमण देखिएको बताए पनि स्वास्थ्य मन्त्रालयले भने यसमा कुनै सत्यता नरहेको बताएको थियो।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update