हिमाल दैनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पारेका हुन् । विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आएको भएपनि कुनै पनि केस पुष्टि नभएको उनको भनाई छ । प्रवक्ता देवकोटाले सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षणको काम सुरु भएको भए पनि ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने अवस्था आएको जिकिर गरे । देवकोटाले केही शंकास्पद केसको परीक्षण केन्द्रीय प्रयोगशालामा भएपछि मात्र यकिन हुने प्रष्ट पारे । उनले अहिलेको अवस्थामा स्वास्थ्यकर्मीको मनोवल गिर्ने कुनैपनि काम नगर्न पनि आग्रह गरे । उनका अनुसार काठमाडौंको टेकु अस्पतालमा १२७७ जनाको कोरोना परिक्षण भइसकेको छ भने धरान, जनकपुर, हेटौडा लगाएतका स्थानमा पनि कोरोना परिक्षण सुरु गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार नेपालभर १२० जना आइसोलेसनमा रहेका छन् । त्यस्तै भक्तपुरको क्वारेन्टाइनमा रहेका सवैको दोश्रो नमूना परिक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update