
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाका काँकडभिट्टाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले पूर्वी नाका काँकडभिट्टाको आज स्थलगत निरीक्षण गरेका छन् ।
कोभिड– १९ को सङ्क्रमण फैलन नदिन मन्त्रिपरिषद्को निर्णयअनुसार आज मुख्यमन्त्री राईले पूर्वी नाका काँकरभिट्टाको स्थलगत निरीक्षण गरेका हुन् । नाकाको निरीक्षण गर्दै भारतलगायत विभिन्न देशबाट नेपाल फर्किएका नेपाली मेची पुलमा अलपत्र परेसँगै उनीहरुलाई सीमा नाकामै भेटेर मुख्यमन्त्री राईले स्वदेश फर्कने व्यवस्था मिलाउन पहल भइरहेको बताए।
यसअघि उनले भारतलगायत विभिन्न मुलुकबाट नेपाल भित्रिएका नेपालीलाई स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन मेची नगरपालिकालाई आग्रह गरे । उनले सबै स्थानीय तहलाई क्वरेन्टाइनको व्यवस्था गर्दै आङ्शका गरिएका सबै बिरामीलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्न र सबै नागरिकलाई होम क्वारेन्टाइन्मा सजग भएर बस्न आग्रह गर्न निर्देशन दिए ।
पूर्वी नाका काँकडभिट्टामा स्वदेश फर्किएका करीब तीन सय नेपाली अलपत्र परेपछि मुख्यमन्त्री राईले उक्त नाकाको स्थलगत निरीक्षण गरेका हुन् । उनिसँगै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसमेत निरीक्षण टोलीमा सहभागी छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय