कोभिड–१९ को सङ्क्रमण एवं रोकथामका लागि विराटनगर महानगरपालिकाले मङ्गलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’ गर्ने घोषणा गरेको छ ।
महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकपछि उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल पश्चात् लक डाउन गर्ने निर्णय गरिएको महानगर प्रमुुख भीम पराजुुलीले बताए। खाद्यान्न, औषधि, खानेपानी, विद्युत्, एम्बुुलेन्ससेवालगायत अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख पराजुुलीले बताए ।
सुुरक्षाका लागि नगरवासीले स्वयम् लक डाउन गरेको बुझ्न उनले आग्रह गरे । उद्योग धन्दा कलकारखाना तथा बजार, पसल तथा यातायातका साधन बन्द भए पनि अति आवश्यक पसल भने खुुला रहने छन् । विराटनगर लक डाउन भए पनि बिरामीलाई अस्पताल लानुपरेमा वा मरिमराउको अवस्थामा यातायातको साधन प्रयोय गर्न सकिने उनले बताए। अति आवश्यक कामबाहेक घरबाट बाहिर हिँलडुुल नर्गन नगरवासीलाई महानगरपालिकाले आग्रह गरेको छ ।
सङ्कटका बेलामा कालाबजारी नर्गन व्यापारीलाई आग्रह गरिएको छ । केहि समस्या आएमा सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको साथमा रहेकाले कसैलाई नआत्तिन महानगरपालिकाले अनुरोध गरेको छ ।
रासस
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय