कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै अन्यस्थानमा जस्तै धनुषाको जनकपुर क्षेत्रपनि सुनसान बनेको छ ।
सरकारले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गर्ने घोषणा गरेको छ । लकडाउनपछि यातायात बजार ठप्प रहेको छ भने जानकी मन्दिर पनि सुनसान भएको छ ।
सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।
‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय